अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह
काठमाडाैं । बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिताबारे छलफलमा स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनसमेत गर्ने भएको छ ।
अहिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै उनीहरुले अनुगमनमा देखिएका विषयलाई मानवअधिकार आयोगको कार्यालयमा हेल्प डेस्कमार्फत सूचना प्रवाह गर्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका नेपालगञ्जका प्रमुख झङ्कर रावलले हेल्पडेस्क स्थापना गरी निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिको अनुगमन गरी सरोकार भएकाको ध्यानाकर्षण गराइने जानकारी दिए ।
मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनीतिक दल, मिडिया, उम्मेदवारलगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताए । संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतिकरण गरेका थिए । छलफलमा नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, नियोकका प्रदेश संयोजक सुरेश गौतमलगायतले निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढी भइरहेकाले त्यसलाई न्यूनीकरणमा जोड दिएका थिए ।
Comments
अरु समाचार
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
उत्तराखण्ड सरकारले खारेज गर्यो पतञ्जलिका यी १४ उत्पादनको लाइसेन्स
एजेन्सि। भारतको उत्तराखण्ड सरकारले यही अप्रिल १५मा एक आदेश जारी गरेर पतन्जलीका १४ उत्पादनका लाइसेन्स रद्द गरेको सर्वोच्च अदालतलाई जानकारी...