ताजा समाचार

भरतपुर महानगरकी मेयर रेनुको गाडी दुर्घटना, सुमेरु अस्पताल भर्ना

काठमाडौं । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन् ।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो ।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ ।

प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org