पालुङटारमा नेपाल फाइनान्सको १२ औं शाखा विस्तार
गोरखा । नेपाल फाइनान्सले गोरखाको पालुङटारमा १२ औं शाखा विस्तार गरेको छ ।
निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्सले पालुङटारमा १२ औं शाखाको औपचारिक उद्घाटन सञ्चालक समिति सदस्य दिप्रश शाक्यले एक कार्यक्रमकाबीच गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा संस्थाका संचालक सदस्यहरु दिप्रश शाक्य, राजन प्रजापती र बिकेश शाक्यसहित संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न स्कुल तथा कलेजका प्राचार्य, स्थानीय बुद्धिजिवी र समाजसेवी लगायत उपस्थित भएका थिए ।
कम्पनीले काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । त्यसैगरी काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टरको सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाल फाइनान्स निजी लगानीबाट बि.स. २०४९ मा स्थापना भएको कम्पनी हो ।

Comments
अरु समाचार
-
नेपालमा ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग
काठमाडौं । कुल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग भएको तथ्यांक नेपालको छ । पछिल्लो समय जलविद्युत् ऊर्जालाई समेत...
-
पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढाइएपछि निगम आलोचित
काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । वार्षिक ८०...
-
दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग हुने निश्चित
दमक । दमकमा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग हुने भएको छ । ग्यासको प्रयोग बढाउनका लागि नगरपालिकाले जग्गा व्यवस्थापन गरिसकेको...
-
सरकारले सन्तोषजनकरुपमा बजेट खर्च गरेन, ५ महिनामा २४ प्रतिशत
काठमाडौं । पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि...
-
इन्धनको मूल्य घट्यो, पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ
काठमाडौं । इन्धनको मूल्य घटेको छ । भारत आयाल निगमबाट मूल्यसूची घटेर आएसँगै नेपालमा पनि मूल्य घटाइएको हो । नेपाल...
-
सुनचाँदीकै भाउ घट्यो
काठमाडौं । सुनचाँदीको भाउ आज (मंगलबार) घटेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ...
-
तुलसीपुर उपमहानगरपालिकाको अधिकांश जग्गा अतिक्रमित
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा रहेको अधिकांश जग्गा अक्रिमणमा रहेको पाइएको छ । अहिले उपाहानगरपालिकासँग १० बिघाभन्दा बढी जग्गा...
-
छापावाल सुन ९९ हजार ७ सय रूपैयाँमा कारोबार
काठमाडौं । सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीकै मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रूपैयाँ...
-
सुनचाँदीको भाउ स्थिर, छापावाल सुन ९९ हजार ३ सयमा कारोबार
काठमाडौं । सुनचाँदीको भाउ आज (बुधबार) को कारोबारमा भने घटबढ भएको छैन । स्थिर मूल्यमा रहेको छापावाल सुन प्रतितोला ९९...