ताजा समाचार

बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा: नारदमुनि राना

काठमाडाैं । एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताएका हुन् ।

‘संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्नेगरी कहीँ पनि उल्लेख भएको भेटिँदैन,’ उनले भने, ‘हामीले भन्नुपर्दा यो बजेट हावादारी, लक्ष्यहिन, गन्तव्यहिन र सेटिङ नै सेटिङको पोको हो । जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ ।’

बजेट चुनावमुखी, वितरणमुखी र गठबन्धनमुखी रहेको भन्दै उनले कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org