ताजा समाचार

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी । नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिममा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए ।

अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । यद्यपि गोली कसैलाई लागेको छैन ।

गोली प्रहारपछि उनी खालि खुट्टै भागेका छन् । उनको खोजि भइरहेको एसपी कंडेलले बताए ।

प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org