ताजा समाचार

डा. ढकाल कतारका लागि नेपाली राजदूत नियुक्त

डा. ढकाल बने कर्णाली प्रदेशबाट राजदूत हुने पहिलो व्यक्ति !

काठमाडाैं । डा. नरेशबिक्रम ढकाल कतारका लागि नेपालको आवासीय रादूतमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजदूथ नियुक्त गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. नरेशविक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेो विज्ञप्तिमा भनिएको छ ।

ढकाल कर्णाली प्रदेशबाट राजदूत बन्ने पहिलो व्यक्ति समेत हुन् । उनी यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीबनबहादुर शाहीका सामाजिक सल्लाहकारमा प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने गरि नियुक्त भएका थिए । उनी सुर्खेतको गुर्भाकोट नगरपालिका-०२, का स्थायी बासिन्दा समेत हुन् ।

ढकालले भारतको श्री सत्यशाही यूनिभर्सिर्टी अफ टेक्नोलोजी एण्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट शिक्षामा विद्यावारिधी गरेका छन भने अंग्रेजी र नेपालीबाट स्नात्तकोत्तर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org