नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।
शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेन । कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर रु ९९ करोड ८६ लाख ७४ हजार २६२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अङ्कले ओरालो लागेको छ ।
नेप्सेका आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु नौ करोड एक लाख ६१ हजार ५७४ बराबरको कारोबार भयो । उपकार लघुवित्त रु पाँच करोड ६३ लाख ६४ हजार, सिभिल बैंक रु पाँच करोड ३७ लाख, बैंक अफ काठमाडौँ रु चार करोड ६९ लाख १४ हजार ७१३ र सेञ्चुरी बैंक रु दुई करोड ८३ लाख ९६ हजार ९३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।
नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९९, ग्रीन भेञ्चर्स लिमिटेड ९.९८, युनिलिभर नेपाल ४.१०, आँधीखोला लघुवित्त ४.०२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, मानुषी लघुवित्त ५.४०, एनएमबी (५०) ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.०६ र उपकार लघुवित्तका लगानीकर्ताले ४.५१ प्रतिशतले गुमाएका छन् ।
सातामा ६ दिन शेयर कारोबार
अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार अब ६ दिन नै खुलाउने तयारी गरेको हो । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गरिएको थियो ।
सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक बिदा खारेजको निर्णय गरिसकेको छ । सरकारले आइतबार दिएको बिदा खारेज गरे पनि नेप्सेले शुक्रबार पनि शेयर कारोबार खुल्ला राख्ने निर्णय गरेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले शुक्रबार शेयर कारोबार खुल्ला गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म र शुक्रबार भने १ बजेसम्म शेयर कारोबार हुनेछ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












