ताजा समाचार

सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडाैं । सुनको मूल्य मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला एक हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org