ताजा समाचार

माधव नेपालले गरे पेट्रोलियम पदार्थमाथिको मूल्य वृद्धिको विरोध

काठमाडाैं । सत्ता गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पट्रोलियम पदार्थमाथि भएको मूल्य वृद्धिको विरोध गरेका छन् ।

युक्रेनमा युद्ध छ भन्दैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु उचित नहुने भन्दै गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरेको नेता नेपालले जनाए ।

नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले भने, हामीले प्रधानमन्त्रीलाई यसबारे कुरा गर्यौं । आजै पनि तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आइसकेपछि हामीले भन्यौं कि यो पेट्रोल डिजेलको भाउ बढाउँदाखेरि जनतालाई पर्ने मार राज्यले कतिसम्म व्यहोर्न सक्छ ?’

‘जनता मूल्यवृद्धिको चपेटामा परेका छन् । अन्तराष्ट्रिय समस्या होला, युक्रेनको युद्धले गर्दा समस्या खडा भएको होला, तर, गैरजिम्मेवार ढंगले भाऊ बढाउँदै जाने कुरा किमार्थ मिल्दैन’, नेपालले भने ।

उनले जनताको पीरमर्कालाई सम्बोधन गर्ने गरि पेट्रोलियम पदार्थको मूल्य तोक्ने र राहत दिने काम गर्नुपर्ने जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org