ताजा समाचार

सांसद गाैतम भन्छनः अपर अरुण व्यापारी र भारतलाई बेच्न लागिएको त छैन ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र गाैतमले अपर अरुणमा चलखेलको आशंका व्यक्त गरेका छन् ।

संखुवासभास्थित अपर अरुण जलविद्युत आयोजना व्यापारी र विदेशीलाई सुम्पिने तयारी भएको आशंका व्यक्त गर्दै जनता ठूलो त्रासमा रहेको दाबी गरेका छन् । आइएतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सामसद गाैतमले यस्तो जनाएका हुन् ।

नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको टोली दिनमा ५ बढी हेलिकप्टर लिएर जाने र स्थलगत निरिक्षणको नाममा विवाद उत्पन्न गराएर अपर अरुण भारतलाई वेच्न चलखेल त भएको छैन भनेर जनतामा डर पैदा भएको दाबी गरेका हुन् ।

अरुण तेश्रो आयोजनाको विवादका कारण २५ वर्षसम्म संखुवासभा मात्रै नभएर देश नै पछि परेको भन्दै गाैतमले अपर अरुणको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न गरे । उनले अपर अरुण जलविद्युतको निर्माण र विकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गरे ।

उनले सबै जिल्लाका बासिन्दा, प्रदेस १ र नेपाली नागरिकको लगानीमा आयोजना सम्पन्न गर्न माग गरे । भने, व्यापारी वा विदेशीलाई सुम्पिने कार्य अस्विकार्य भएको समेत जनाए ।

जलविद्युत विकासमा शेयर लगानी गर्न सरकारले बाटो खोलिदिनु पर्ने उनको माग छ । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बन्नुपर्नेमा उनले जोड दिए । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ भन्दै उनले प्रश्न समेत गरे । उनले हालको अवस्था के छ र यथार्थ जानकारी दिन पनि सरकारसँग माग गरे ।

उनले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ किफायती तथा आधुनकी उर्जाले प्रतिस्थापन गर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रित उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका वास्तविक लक्षित वर्ग र क्षेत्रमा पुहुँच पुर्‍याउनुपर्ने पनि बताए ।

उनले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरिनुपर्ने बताए ।‍

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org