ताजा समाचार

पूर्वमन्त्री कृपाशुरसहित एमाले नेता गोकुल सवार गाडी सिन्धुलीमा दुर्घटना, तीनजनाको अवस्था गम्भीर

काठमाडाैं । पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता चढेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शुक्रबार बा २ च ९००३ नम्बरको ल्यान्ड क्रुजर मदन भण्डारी राजमार्ग खण्डमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी विमलराज कडेँलले बताए ।

गाडी दुर्घटनामा घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको एसपी कँडेलले जानकारी दिए ।

दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री शेर्पा, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा घाइते भएका छन् । घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापाको अवस्था गम्भीर रहेको एसपी कँडेलले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org