ताजा समाचार

माधव नेपालले अब प्रायश्चित गर्नुपर्नेछ: घनश्याम भुसाल

काठमडाैं । नेकपा एमालेका नेता घनश्याम भुसालले माधव नेपालले १० बुदेँ सहमति लत्याएर ठुलो गल्ति गरेको भन्दै भविष्यमा प्रायश्चित गर्नु पर्ने बताएका छन ।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले विभाजन भए उल्लेख गर्दै भुसालले २० प्रतिशतमा पार्टी विभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनाई छ ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्’ भुसालले भनेका छन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने बिरोध गर्ने तर आफुले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको  भुसालको थप टिप्पणी छ ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुसालले भनेका छन, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org