ताजा समाचार

म प्रमुख रहेको अर्थ तथा योजना विभागमा गभर्नर छैननः भुसाल

काठमाडाैं । नेकपा एमालेका नेता घनश्याम भुसालले गभर्नर महाप्रसाद अधिकारी आफू प्रमुख रहेको विभागको सदस्य नरहेको जनाएका छन् ।

नेता भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले गभर्नर अधिकारी आफैले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको प्रष्टीकरण दिइसकेको भन्दै भुसालले एमालेका कमिटी र विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नरहेको जनाएका हुन् ।

धेरैले महाप्रसाद अधिकारीबारे चासो राखिरहेको भन्दै भुसालले एमालेको अर्थ तथा योजना विभागमा नरहेको प्रष्ट पारेका हुन् ।

भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा एम. अधिकारी खोटाङ नाम उल्लेख भएपछि ती व्यक्ति महाप्रसाद अधिकारी नै रहेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ भने यो विषयले संसदमा समेत प्रवेश पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org