ताजा समाचार

प्रधानमन्त्रीको गभर्नरलाई निर्देशनः अर्थतन्त्र सुधार्ने गरी मौद्रिक नीति ल्याउनुस्

काठमाडाैं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार ब्रिफिङ गरेका छन् ।

ब्रिफिङमा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन भनेका छन् ।

गभर्नर अधिकारीले मुलुकको आर्थिक क्षेत्रमा अहिले देखापरेका समस्या सम्बोधन हुने गरी मौद्रिक नीति तयार भइरहेको जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छलफल गरेको बताए। गभर्नर अधिकारीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्री निवासमा भएको ब्रिफिङमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी पनि थिए ।

प्रदानमन्त्री देउवाको माैद्रिक नीतिबारेको जिज्ञासामा अधिकारीले आउँदो साता माैद्रिक नीति ल्याउने जनाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org