ताजा समाचार

कार्ट्समान्डु सिलालम टुर्नामेन्ट सम्पन्न

काठमाडाैं । शनिबार अबेर हिमालयन मोटरल्यान्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसन ‘कार्ट्मान्ड सिलालम’मा डिगविजय अधिकारीले बाजीमारेका छन् ।

बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरि पोडियम प्राप्त गरेका थिए, भाने जय प्रताप मास्के र दिप्रश शाक्य ले चौथो र पाँचौ स्थान हासिल गरे ।

प्रतियोगिता निकै कठिन र चुनौतीपूर्ण थियो । विजेताहरू बीच केही सेकेन्ड मात्र फरक थियो। सहभागीहरूले ठूलो महत्वाकांक्षा र उत्साह देखाए र अनुशासनात्मक रूपमा एकअर्कासँग प्रतिस्पर्धा गरे। वियजीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङक लाल घिसिङ्ग, एफआइ ए वल्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाण पत्र प्रदान गरे । पुरस्कार वितरण संगै राखेप सदस्य सचिव घिसिङ्गले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोटर्स सन्तोष जनकलयमा रहेको बताउँदै आगामी दिनमा राखपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

यस अघि तालिम प्राप्त करिब ३० नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरु फाइनल राउण्डमा पुगेका थिए ।फाइनल राउण्डमा डिगविजय अधिकारी, बिबेश शेष्ठ,फेलिक्स भ्यान रिसन, दिप्रश शाक्य, सन्जोक लामातामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

पोडियम प्राप्त हुन सफल भएका टोलीलाई सिङगापुरको के एफवान सर्किटमा काटिर्डको अवसर प्रदानगरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पुर्ण ड्राइभरहरुलाई कार्यक्रमका कोर्डिनेटर आशिष लामिछानेले र नासा नेपालका सचिव सन्तोष न्यौपाने ओरिएन्टेशन दिएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org