वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ ः अध्यक्ष प्रचण्ड
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताएका छन् ।
पार्टीको कार्यक्रमका लागि सर्लाही जाने क्रममा आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धनभित्र रहेको सबै वामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको र छिट्टै सकारात्मक परिणाम आउने बताए । “जनता समाजवादी पार्टीबाट डा बाबुराम भट्टराईको समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी छ”, अध्यक्ष प्रचण्डले भने, “ जसपाका दुवै पक्षसँग हाम्रो छलफल चलिरहेको छ, उपेन्द्र यादवजीले नेतृत्व गरेको पार्टी गठनबन्धनमै छँदैछ, बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने उनीहरुले भन्दै आएका छन् । त्यस कारण बाबुरामजीको समूह पनि हाम्रै गठबन्धनमा रहने मेरो विश्वास छ । ”
गठबन्धनमा रहेका वामपन्थी पृष्ठभूमिका दलहरुबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति पनि बन्न सक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भने, “ हाम्रो छलफल चलिरहेको छ तर अहिलेसम्म अन्तिम निर्णयमा पुग्न सकेका छैनौँ । सम्भवतः केही दिनभित्र एउटा निर्णयमा हामी पुग्छौँ, ” उनको भनाइ थियो । आफूहरूकै जोडबलमा नै नागरिकता विधेयक पारित भएको र नागरिकताविहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले विधेयक पारित भएसँगै नागरिकता विवाद पनि समाधान भएको बताए ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...