ताजा समाचार

जनार्दन शर्मा अर्थमन्त्रीमा दोहोरिदै

काठमाडाैं । नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा ‘प्रभाकर’लाई पुनः अर्थमन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार माओवादी केन्द्रले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष अर्थमन्त्रीको रुपमा शर्माको नाम पठाइसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रीको रुपमा शर्माको नाम प्रस्ताव गरिसकेको स्रोतको दाबी छ ।

यत्तै, शर्माको अर्थमन्त्रीको रुपमा आजै सपथ हुने तयारी थालिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org