ताजा समाचार

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडाैं । भरतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि घटाएर पठाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले सोमबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र दिजलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा मूल्य घटाएर पठाएको हो ।

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले नेपालमा मूल्य घटाएको थिएन् ।

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो भाउ अझै घट्ने अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org