अभियान लघुवित्तको आइपीओ खुला
काठमाडाैं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर रु एक सय अङ्कित रु नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता शेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ ।
निष्कासन गरिएको शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ ।
Comments
अरु समाचार
-
प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । आज सुन र चाँदीकाे मूल्य घटेको छ । नेपालसुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा...
-
किन बढ्दैछ खाना पकाउने ग्यासको मूल्य ? एक महिनामै ४५० रुपैयाँले बढ्यो
काठमाडौं । चाडबाडका वेला नागरिकलाई सहुलियत दिनुपर्नेमा सरकारले खाना पकाउने ग्यासको मूल्य एक महिनामै ४५० रुपैयाँले बढाएर २,११० पुर्याएको छ,...
-
आजको राशिफल: २०८० असोज १४ गते, आइतवार
मेष: विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका...
-
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(शनिबार)को विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकन डलर एकको खरिद...
-
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयमा छड्के अनुगमन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन्। उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी...
-
चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यबाहक प्रधानमन्त्री पुर्णबहादुर...
-
व्यावसायिक फार्मका लागि चार करोड अनुदान प्रदान
काठमाडौं । तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरेको...
-
आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असोज १२ गते० शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको...
-
बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु
काठमाडौं । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको...