ताजा समाचार

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

काठमाडाैं । धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

लघुवित्तले २४ देखि २९ साउनसम्म प्रतिकित्ता १०० अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, धौलागिरी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org