धर्मपुत्री बलात्कार प्रकरण: आरोपित महत पुर्पक्षका लागि कारागार चलान
जुम्ला । जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
दायर मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटी माग गरिएको छ ।
त्यस्तै मुलुकी अपराधसंहितामा १० देखि १४ वर्षकी नवबालिकामाथि जबरजस्ती करणी गरे १८ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।
उनका अनुसार जबरजस्ती करणीको घटना मिलाएको अभियोगमा पक्राउ परेका पाँच अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका–५ कालीबहादुर भण्डारी र चन्दननाथ–४ की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् ।
चन्दननाथ–४ का नवराज भारती र तातोपानी गाउँपालिका–८ शर्मिला महत जनही २ लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका–८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् ।
धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका–५ का वडा सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् ।
मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको छन् । नवबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जुम्ला प्रहरीले २९ साउनमा महतलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको बयानका आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो ।
त्यस्तै जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी १० साढे वर्षकी नवबालिकामाथि चन्दननाथ नगरपालिका–७ निवासी महतले एक महिनासम्म पटक पटक जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए ।
जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्रको प्रयास भएको थियो । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएको थियो ।
मिलापत्रमा बालिकालाई पठनपाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी (धर्मपुत्री) बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमा लगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकी छन् ।
मुलुकी अपराधसंहिता, मुलुकी अपराध कार्यविधिअनुसार बलात्कारको घटना मिलाउनु कानुन विपरीत हो । बलात्कारका घटनामा मिलापत्र गराउनेलाई समेत ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने उल्लेख छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...