सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता
काठमाडाैं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा मंगलबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...