ताजा समाचार

कांग्रेस उम्मेदवारले निषेधित क्षेत्रमा हेलिकप्टर उडाएको भन्दै संखुवासभा एमालेको आपत्ति

सङ्खुवासभा ।सङ्खुवासभामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेद्वारको सेटिङमा हेलिकप्टरमार्फत भोटखोला र मकालु गाउँपालिकामा भोट मागेको भन्दै नेकपा एमाले जिल्ला कमिटीले त्यसको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ । एमालेका जिल्ला कमिटी सचिब खड्ग राईले हस्ताक्षर गरेर विज्ञप्ती जारी बिरोध गरेका हुन् ।

जिल्लाका निषेधित क्षेत्रमा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी नेपाल सरकार शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको चलानी नं.७२७ को पत्र मार्फत मिति २०७९ कात्तिक १९ गते निषेधित क्षेत्रमा उडान अनुमति लिएर नेताहरु जिल्लाको दुइ वटा पालिकामा भोट माग्दै हिडेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उमेद्वार राजेन्द्र गौतमले बताए ।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको अनुरोधमा तीनकुने काठमाण्डौमा रहेको श्री हेलि एभरेष्ट प्रा।लि।लाई पत्र लेखि मिति २०७९ कात्तिक २० गते सङ्खुवासभाको खाँदबारी, किमाथाङ्का र हटियामा मौसम प्रतिकूल भए ७२ घण्टासम्म उडान गर्न सक्ने अनुमति प्रदान गरेपछि चुनावमा हेलिकप्टर प्रयोग भएको गौतमले बताए । गौतमका अनुसार हेलिकप्टरले कात्तिक २० गते भोट खोला गाउँपालिकाको किमाथाङ्का, लिङ्गम, हटियामा उडान भरेर राती बास बस्न मकालु गाउँपालिकाको माङ्सिमामा अवतरण गरेको सूचना प्राप्त भएको छ ।

उडान भर्नेहरुले किमाथाङ्कामा बिरामी लिन हेलिकप्टर झिकाएको बताएपनि त्यो बहानामा चुनाव प्रचार गर्न उमेद्वार सहितको टोली सवार रहेको वताइएको छ । एमाले नेता गौतमले प्रमुख निर्वाचन आयुक्त लाई समेत घटनाको जानकारी गराइसकिएको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org