ताजा समाचार

सुनचाँदी आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ आज (बुधबार) २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो (मंगलबार) छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

यता, तेजाबी सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको भाउ आज ५ रुपैयाँले मात्रै बढेको छ। चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (मंगलबार) चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org