ताजा समाचार

कालिञ्चोक दर्शनको आइपीओ खुल्यो

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि धितोपत्रको आईपीओ निष्काशन गरेको छ । लिमिटेडले आज (बुधबार) देखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको हो ।

जारी पूँजीको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ खुला गरिएको लिमिटेडले जनाएको छ ।

सर्वसाधारणको लागि जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरिने कम्पनीको भनाइ छ । आयोजना प्रभावित स्थानीयको लागि खुला हुने सेयरबाहेक सर्वसाधारणमा खुला हुने सेयरको १० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्नुपर्ने प्रावधान कम्पनीको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org