ताजा समाचार

सेयर बजार साढे तीन अंकले ओरालो लाग्यो

काठमाडौं । सेयर बजार साढे तीन अंकले ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से आज (बुधवार) तीन दशमलव ५१ अंकले ओरालो लाग्दै १ हजार ९ सय ४९ दशमलव ८५ विन्दुमा झरेको छ ।

सेयर घटेसँगै बजार र कारोबार रकममा कमी आएको जनाइएको छ । सबैभन्दा धेरै आज हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको सेयर आज घटेको हो । दिनभरि दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org