ताजा समाचार

विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश भारत

नयाँ दिल्ली । भारत विश्वमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने देश भएको छ । एकै वर्षमा  ठूलो रकम भित्र्याउने भारत पहिलो देश बनेको हो ।  विश्व बैंकका अनुसार भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा छ । यो देश सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने लक्ष्यमा रहेको देखिएको छ ।

अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी रहेको छ । यस्तै ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धि गरिएको छ । विदेशमा बढ्दो रोजगारीलगायत विभिन्न कारणले भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको हो ।

भारतीय नागरिक पछिल्लो समय अमेरिका, बेलायत, सिंगाापुर लगायतका विकसित देशमा रोजगारीका लागि जाने गरेका छन् । उनीहरु रोजगारी पाउने सूचीमा नै पर्दछन् । कुल ग्रार्हस्थ उत्पादनको ३ प्रतिशत बराबरको रकम भारतले रेमिट्यान्सबाट उठाउने गरेको तथ्यांक छ । उच्च रेमिट्यान्स भित्र्याउने देशहरुमा दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org