ताजा समाचार

कफी खेती गर्ने जमिन बढी, उत्पादनमा कमी !

काठमाडाै‌ । हरेक वर्ष नेपालमा राष्ट्रिय कफी दिवस मनाइरहँदा उत्पादन भने घट्दै गएको देखिएको छ । नेपालमा हरेक वर्षजस्तो यसपालि (शुक्रबार) पनि कफि दिवश मनाइयो । तर सोचेजस्तो कारोबार तथा उत्पादन नहुँदा दिवस नाम मात्रको भएको किसानको भनाइ छ ।

नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गएको छ । तर उत्पादनमा भने सुधार हुन सकेको छैन । कफी खेती गरिने जमिनको क्षेत्रफल धेरै छ, तर उत्पादन बढ्न नसक्दा देशको देश कृषि तथा अर्थतन्त्रको विकासमै असर गरेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएको थियो । २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ। तर, जमिन बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको जनाइएको छ ।

आव २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो। तर, २०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको  बोर्डको भनाइ छ । माटोको कमजोर उर्बराशक्ति, गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा उत्पादन बढ्न नसकेको बोर्डका पदाधिकारी दाबी गर्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org