ताजा समाचार

धनुषामा जन्ती बोकेको बस दुर्घटना, ५ जनाको मृत्यु

जनकपुर । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना भएको छ । आज बिहान ४ः३० बजे भएको सो दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा नौ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बा१ज ८२९३ नम्बरको जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती लिएर इटहरीबाट फर्किंदै गर्दा पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा तीन महिला, एक बालक र एक पुरुष छन् । महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको सनाखत भएको छ । अन्यको परिचय खुल्न बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org