ताजा समाचार

धनुषा जीप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

जनकपुर । धनुषामा आज (शनिबार) बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुने र घाइते हुनेहरुको परिचय खुलेको छ । दुर्घटनामा पाँच जनाको ज्यान गएको छ छ भने नौ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर ७, सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र उनकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी ४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी छन् । यस्तै महोरीको पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको पनि सो दुर्घटनामा परेर मृत्यु भएको छ ।

यस्तै, घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टि ४, बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया ४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा २ बस्ने २६ वर्षीय प्रियंका साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org