ताजा समाचार

माया लुहारको हत्या आरोपी एक प्रहरी जवान पक्राउ

बैतडी । बैतडीमा मृत्यु भएकी एक युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–४ सौलोडा बस्ने २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा शिवनाथ गाउँपालिका ४ का भरतराम कोली पक्राउ परेका हुन् । उनी महेन्द्रनगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

आफन्तले उनको नाममा शनिबार मात्रै किटानी जाहेरी दिएका थिए । माया बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६, शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको सम्बन्धमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

महेन्द्रनगर बजारमा आइतबार बिहान डुलिरहेको अवस्थामा कोलीलाई प्रहरीले कोलीलाई पक्राउ गरेको हो । उनलाई बैतडी प्रहरीलाई बुझाइने सुदूरपश्चिम प्रहरीले जनाएको छ । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org