ताजा समाचार

किरात समुदायले धुमधामका साथ साकेला उधौली मनाउँदै

काठमाडौं । किरात समुदायले धुमधामका साथ साकेला उधौली मनाउँदैछन् । अन्नवाली भित्र्याइएको खुसीयालीस्वरुप उनीहरुले यो पर्व मनाउने गर्छन् । यस्तै लेकमा रहने मानव, जीवजन्तु तथा चराचुरुंगी बेसीतिर झर्ने संकेतका रुपमा प्रकृतिपूजक किरात समुदायले मंसिर पूर्णिमाका दिनदेखि साकेला उधौली मनाउने गर्छन् ।

जिरेल, सुरेल, हायु, धिमाल,राई, लिम्बू, सुनुवार, याख्खा लगायतका समुदायमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने चलन छ । अन्न खानका लागि अनुमति माग्ने गरिन्छ अनि पितृलाई स्मरण गरेर मंसिर शुक्ल पूर्णिमाको दिनलाई उधौली चाडका रुपमा मनाउने चलन रहेको छ ।

रीतिरिवाज एउटै भए पनि उधौलीलाई राई समुदायले उधौली, लिम्बू समुदायले चासोक तङनाम, सुनुवारले फोलस्याँदर, याक्खाले चासुवाको रुपमा मनाउने गर्छन् ।  उभौली महिना दिन र उधौली १५ दिनसम्म मनाउने गरिएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org