ताजा समाचार

जाजरकोट दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो

जाजरकोट । छेडागाड नगरपालिकास्थित सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा एकै वडाका आठ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका २, दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । यस्तै,जारजरकोट छेडागाड नगरपालिका ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी, घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड ६ का वीरबहादुर खत्रीको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । कर्णाली प्रदेश २००१च ०४२९ नंको निजी जिप छेडागाड ३,जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदैगर्दा दशेराको भिरबाट खसेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org