ताजा समाचार

काठमाडौं महानगरपालिकाको कार्यालय आज बन्द

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयले आज बिहीबार सेवा प्रदान नगर्ने नभएको छ । २८ औं महानगर दिवसको अवसरमा विशेष कार्यक्रम हुने भएकाले महानगरपालिकाको कार्यालयबाट दिइने सेवा बिहीबारका लागि बन्द हुने महानगरपालिकाको सूचनामा उल्लेख छ ।

केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरु र एकाइबाट प्रवाह हुने सेवा बन्द हुने महानगरपालिकाको सूचनामा उल्लेख छ । काठमाडौं महानगरले अहिले २८ औं महानगर दिवस विभिन्न कार्यक्रम गर्दै मनाइरहेको छ ।

महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले गरिसकेको छ । आज भने २८ औं महानगर दिवस विशेष समारोहसहित मनाउने सूचनामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org