नौजना बृद्ध महिलाको गहना चोर्ने एकजना पक्राउ
कास्की । सुनका गहना चोरी गरेको आरोपमा पोखरामा एक महिला पक्राउ परेकी छन् । पोखराका विभिन्न ठाउँबाट गहना चोरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगेर परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको खुलेको छ ।
९ जना पीडितले चोरी गर्ने महिलाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका दिएका छन् । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको नगद चोरी गरेको आरोप छ । चोरी गर्ने श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
Comments
अरु समाचार
-
पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या
काठमाडौं । पाकिस्तानकाे कराँचीमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ । क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर...
-
मकवानपुरमा एकजनामाथि निर्घात कुटपिट, प्रहरीले जाहेरी लिएन
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६ अजिंगरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एकजनामाथि निर्घात कुटपिट भएको छ । सोमबार बिहान ११...
-
खुकुरी प्रहार गरी ८२ वर्षीय वृद्धको हत्या
काठमाडाैं । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै...
-
भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीनजना पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाउने तीनजना पक्राउ परेका छन् । उनीहरु नेपालीलाई शरणार्थी बनाएर विदेश पठाएको आरोपमा पक्राउ परेका...
-
निकुञ्जमा शिकार गर्दै गरेका ५ जना हतियारसहित पक्राउ
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्दै गरेका ५ जना पक्राउ परेका छन् । उनीहरु हतियारसहित पक्राउ परेका हुन् ।...
-
बैंकिङ कसुर मुद्दा : ३० दिनभित्र हाजिर हुन ९९ जनालाई आदेश
काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९९ जनालाई उच्च अदालतले पाटनले ३० दिनभित्र बयानका लागि बोलाएको छ । सरकार प्रतिवादी रहेको...
-
बसले ठक्कर दिएर विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुरबासी आन्दोलित
धनगढी । गाडीले ठक्कर दिएर एक विद्यार्थीको मृत्यु भएपछि कञ्चनपुर क्षेत्र तनावग्रस्त भएको छ । विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध...
-
प्रदूषण जाँच फेल गर्ने गाडीलाई १ लाखसम्म जरिवाना !
काठमाडौं । अबदेखि सवारी धनीले प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउनु पर्ने भएको छ । वन तथा...
-
व्यक्ति हत्या गर्ने कैलालीका गौरीलालले गरे आत्मसमर्पण
धनगढी । हँसिया प्रहार गरेर सालाको हत्या गर्ने कैलालीका ५० वर्षीय गौरीलाल ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसमक्ष आत्मसमर्पण...