दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग हुने निश्चित
दमक । दमकमा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग हुने भएको छ । ग्यासको प्रयोग बढाउनका लागि नगरपालिकाले जग्गा व्यवस्थापन गरिसकेको छ । दमक २ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्न दमक ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने निश्चित भएको छ। यसअघि नै नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरेको थियो ।
यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ । नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो ।
दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ ।
नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताउनुभयो । दमकमा उत्पादित फोेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।
Comments
अरु समाचार
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
केही नीति परिमार्जन गरिए संकटोन्मुख अर्थतन्त्र सहज हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको...
-
सरकार र मिटरब्याजी पीडितबीच कुरा मिलेन, फेरि साँझ ६ बजे वार्ता
काठमाडौं। सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको आजको पहिलो वार्ता निष्कर्षहीन भएको छ । पहिलो चरणको वार्तामा पीडित पक्षको माग...
-
श्रीलंकामा पेट्रोलकाे मूल्य प्रतिलिटर ६० र डिजलकाे ८० रुपैयाँले घट्याे
काठमाडाैं । श्रीलङ्कामा आर्थिक स्थिति सुधारउन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ । ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज मध्यरातदेखि लागू हुने गरी...
-
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । सेयर बजारमा बुधबार सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १.०२ अंकले...
-
ग्लोबल आइएमई बैंकको ‘ग्लोबल मनी विक’ अभियान युवा र विद्यार्थीका लागि प्रभावकारी
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा र विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको ग्लोबल मनी विक भव्यताका...
-
सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ पुग्यो
काठमाडौं – सुनको भाउ आज (बुधबार) तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको एक लाख ८ हजार रुपैयाँमा...
-
१९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युतको आन्तरिक परीक्षण पूरा
काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ...
-
मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न काठमाडौं महानगरपालिकाको रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ। सरकारसँग न्यायको माग गर्दै काठमाडौं आइपुगेका आठ जिल्लाका...