ताजा समाचार

हात्तीले आक्रमण गर्दा ७१ वर्षिय बृद्धको ज्यान गयो

भरतपुर । जंगली हात्तीको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका २८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदीको ज्यान गएको छ । सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org