ताजा समाचार

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढाइएपछि निगम आलोचित

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । वार्षिक ८० करोड रुपैयाँ व्ययभार थपिने गरि निगमले ट्यांकरको भाडा वृद्धि गरेको हो । इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका पदाधिकारीले जनाएका छन् ।

सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ। दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

‘देशैभरको इन्धन ढुवानी ट्यांकरको भाडा वृद्धि भएको र निगम सञ्चालक समितिले २७ कात्तिकमा गरेको निर्णय नयाँ मूल्य प्राप्तिपछि कार्यान्वयनमा ल्याइएको निगमका जिम्मेवार पदाधिकारीले विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । लामो समयदेखि व्यवसायीले यो माग गर्दै आएका थिए । उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना हुन थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org