ताजा समाचार

नेपालमा ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग

काठमाडौं । कुल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग भएको तथ्यांक नेपालको छ । पछिल्लो समय जलविद्युत् ऊर्जालाई समेत समेट्दा कुल ऊर्जा खपतको ८ प्रतिशत नवीकरणीय ऊर्जा उपयोग हुँदै आएको तथ्यांक सार्वजनिक भएको हाे ।

कुल खपतको झण्डै ६५ प्रतिशत हिस्सा अहिले पनि जैविक ऊर्जाको छ । २७ प्रतिशत आयातित खनिज इन्धन खपत भइरहेको तथ्यांक छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने काठमाण्डौमा भैरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले जोड दिएका छन् ।

नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा हिजो आइतबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘शतप्रतिशत नवीकरणीय ऊर्जा स् नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज सोमबार सकिनेछ ।

विश्वका अन्य देशहरूमा ऊर्जाका क्षेत्रमा प्रयोग गरेका नवीनतम प्रविधि र प्रयोगहरूका बारेमा जान्न र सिक्नका लागि यो सम्मेलन फलदायी हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दाबी गरेको छ । सम्मेलनमा अन्तर्राष्ट्रियरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशबाट ७० भन्दा धेरै प्रतिनिधिको सहभागिता रेहेको छ । नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org