ताजा समाचार

बैंकिङ कसुर मुद्दा : ३० दिनभित्र हाजिर हुन ९९ जनालाई आदेश

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९९ जनालाई उच्च अदालतले पाटनले ३० दिनभित्र बयानका लागि बोलाएको छ । सरकार प्रतिवादी रहेको सबै मुद्दाहरुमा उच्च अदालत पाटनले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उपस्थित नभई आदेशको उल्लंघन गरेमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने अदालतको सूचनामा छ ।

काठमाडौं। उच्च अदालतले बयानका लागि बोलाएकाहरुमा सिन्धुपाल्चोकको फुल्पिङडाँडा घर भई काठमाडौंमा बस्दै आएका निरोज श्रेष्ठ, काठमाडौंको तारकेश्वर-७ बस्ने सबिना कार्की, काठमाडौं चन्द्रागिरि-११ का रुपक कुमार कार्की, काठमाडौंको टोखा बस्दै आएका टेक सिटी इन्टरप्राइजेजका सन्चालक ईशान न्यौपाने, सोलुखुम्बु घर भई काठमाडौंको टोखा बस्दै आएका सुनिल कार्की, खोटाङ घर भई हाल काठमाडौंको बालाजु बस्ने इन्द्रलाल गिरी, सुनसरी घर भई हाल काठमाडौंको टोखामा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सनका सन्चालक प्रशान्त चौधरी, काठमाडौंको तारकेश्वरका उदीपनारायण जोशीलगायत छन् ।

यसैगरी, बयानका लागि बोलाइएकाहरुमा काठमाडौं गोकर्णेश्वरका केदार बोहरा, भारतको बिहार घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने मुकेश शाह, काठमाडौंको धुम्बाराही बस्ने शंकर प्रसाद नेपाल, काठमाडौंको तारकेश्वर जरंखु बस्ने सुवास खड्का, काठमाडौं चाबहिलकी दीपा चौलागाईं, दार्चुला घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने विरेन्द्र सिंह धामी,सुर्खेतका देवी कृष्ण न्यौपाने, काठमाडौं स्वयम्भुका लालबहादुर घले, काठमाडौं बौद्धका प्रेम खत्री, भक्तपुरको मध्यपुर ठिमी घर भई हाल चाबहिल गणेस्थानमा पसल गरी बस्ने मुनि रत्न चक्रधर छन् । ३० दिने म्यादसहितको सूचनामा बयानका लागि उपस्थित हुन आदेश दिइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org