कुहिने र नकुहिने फोहोर छुट्याउँदै चन्द्रागिरि नगरपालिका
काठमाडौं । फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै संकलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छवटा अगल–अलग झोला वितरण गरिनेछ ।
नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो । यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ ।
सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ । यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।
सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ । फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ । ‘कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ’, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ ।
यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ । ‘कुहिने फोहर मलका रुपमा र नकुहिने फोहर पैसाका रुपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ’, प्रमुख गिरीले रासससँग भने ।
फोहरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र कूल छ वटा संस्थाले फोहर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ । घरको फोहर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउँछन् । अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहर संकलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ ।
Comments
अरु समाचार
-
देशका केही भागमा आज पनि हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको...
-
गृहमन्त्रीले सुराकीको नाममा किन गर्छन् अनावश्यक खर्च ?
काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृह मन्त्रालयमा पनि...
-
अनधिकृत संरचना तत्काल हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना सात दिनभित्र हटाउन दिएको सूचनालाई तत्काल कार्यान्वयन नगर्न उच्च...
-
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
काठमाडौं । नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आज शुक्रवार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
-
इलाम कारागारबाट थुनुवा फरार
काठमाडौं । इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई...
-
पाकिस्तानमा हिन्दू डाक्टरको गोली हानी हत्या
काठमाडौं । पाकिस्तानकाे कराँचीमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानेर हत्या भएको छ । क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर...
-
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ८ बजेर ५४...
-
सरकार र मिटरब्याजी पीडितबीच आज पनि सहमति भएन
काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे...
-
चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा...