ताजा समाचार

हिमाली भागमा हिमपात, प्रदेश १ को केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराइका थोरै भू–भागमा हुसु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानु्मान महाशाखाले जनाएको छ ।

प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा दिउँसो आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश १ मा आज राति आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आगामी २४ घण्टामा प्रदेश १ का पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको विभागको सूचनामा उल्लेख छ । यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

तराईका केही क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको विभागको बुलेटिनमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org