ताजा समाचार

कांग्रेस संसदीय दल नेताको नतिजा केही बेरमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ। अबको केही बेरपछि मतगणना हुने भएको छ । यसअघि हिजो दिउँसो मनोनयन दर्ता भएको थियो ।

कांग्रेसमा संसदीय दलका नेताका उम्मेदवारका रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले चुनावी मैदानमा छन्।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा। शेखर कोइराला लगायत दावेदारका रुपमा देखिएका थिए । तर सभापति देउवाले र महामन्त्री थापाले मात्रै उम्मेद्वारी दिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org