ताजा समाचार

आज घोडे जात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा

घोडे जात्रा पर्व आज  (मंगलबार) विभिन्न कार्यक्रम गरी मनाइँदैंछ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी यो पर्व विशेषगरी काठमाडौं उपत्यकामा मनाउने गरिन्छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई संहार गरिएको जनविश्वास छ । घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको छ ।

नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ । आजकै दिन ललितपुरमा पनि  घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org