ताजा समाचार

उपत्यकामा आज बैंक तथा वित्तीय संस्था र राहदानी विभाग खुल्ने

सरकारले उपत्यकामा आज सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् । काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ’, राष्ट्र बैंकले भनेको छ ।

यसैगरी, राहदानी विभागले पनि घोडेजात्राको बिदाका दिन पनि सेवा दिने जनाएको छ । बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने जनाइएको छ । विभागका पदाधिकारीका अनुसार आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org