ताजा समाचार

मेघगर्जन र चट्याङसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं ।  देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । आज मेघगर्जन र चट्याङसहित देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

गएराति पनि काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

गएराति पनि काठमाडौं उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । बुधबारदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org