ताजा समाचार

सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजार आज बिहीवार पनि दोहोरो अंकले घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अंकले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा आइपुगेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको सेयर उच्च अंकले घटेको छ । आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता सेयर एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै मायाखोला जलविद्युत्, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org