ताजा समाचार

धुम्बाराही चोकमा एकआपसमा गाडी ठोक्किए, नौ जना घाइते

काठमाडौं । धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किदा नौ जना घाइते भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार एउटा माइक्रो भ्यानले मार्बल बोकेको गाडीलाई ठक्कर दिँदा अरू दुई वटा चार पाङ्ग्रे गाडी, तीन वटा मोटरसाइकल र एउटा स्कुटर ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुने एक जनालाई शिक्षण अस्पताल महाराजगञ्ज र अरू आठ जनालाई उपचारका लागि हेम्स अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा चालकलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org