ताजा समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्नु भएको छ । सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक गर्नु भएको हो । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८) प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२) प्रतिशत  छ । लैंगिक अनुपात अर्थात् प्रति सय जना महिलामा पुरुषको संख्या ९५.५९ जना छ । गत २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालयमार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०\१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org