तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाउन र मुलुकभित्र व्यावसायिक वातावरण बनाउन तत्काल अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको छैठौँ प्रदेशसभालाई धनगढीमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनु भएको हो । अर्थतन्त्रलाई बढी नियन्त्रण गर्ने प्रयास गर्दा अहिलेको असहज परिस्थिति सृजना भएको र नीतिगत सुधार नगरी यसलाई सही बाटोमा ल्याउन नसकिने पनि उहाँले प्रष्ट पार्नु भएको छ ।
’विगतमा अर्थतन्त्र सुधार गर्न राज्यले लिएका नीतिहरुले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सकेन । यसले उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सकेन । अब अर्थतन्त्र सुधार्न र व्यवसायीको मनोबल बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने जरुरी हुन्छ’, वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।
अहिलेको असहज परिस्थितिमा राज्यका एक पक्षले अर्को पक्षलाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । ‘सबै क्षेत्र अप्ठेरोमा परेका छन् । बैंक तथा वित्तीय संस्था पनि निजी क्षेत्रकै अंग हुन । बैंक तथा वित्तीय संस्थालाई मात्रै गाली गरेर हुँदैन । यो नीतिगत अस्थिरताले सिर्जना गरेको समस्या हो । यसको समाधान आन्दोलन गरेर पनि हुँदैन, उहाँले भन्नुभयो, ‘यसको समाधान सरकार, नेपाल राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर गर्नुपर्छ ।’
महासंघको सबै प्रदेशको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको प्रसंग उठाउँदै उहाँले यसले महासंघलाई थप एकतावद्ध बनाइ सरकारसँग सहकार्य गर्न सहयोग पुग्ने बताउनुभयो । ‘आजको यस प्रदेशको निर्वाचन सकिएसँगै ७ वटै प्रदेशमा महासंघको नयाँ नेतृत्व चयन भएको छ । यसले महासंघलाई बलियो वनाउनेछ । महासंघ जति वलियो हुन्छ त्यति नै अर्थतन्त्रमा पनि हामीले योगदान पुर्याउन सक्नेछौ,’ उहाँले भन्नुभयो । सुन्दर सुदूरपश्चिम अभियानलाई बढवा दिन सके ठूलो संख्यामा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












